Techie IT
२०८३ वैशाख २३, बुधबार

पुराना दल संकटमा पर्न सक्छन् - पूर्वप्रधानमन्त्री भट्टराई

४० वर्षमुनिका १०२ सांसद, अर्थात् करिब ३८ प्रतिशत हुनु भनेको नेपाली राजनीति अब डिजिटल र एआई युगतर्फ फड्को मारिसकेको संकेत


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले २०८२ को आमनिर्वाचनको परिणामले नेपाली राजनीतिमा अपरिहार्य पुस्तान्तरण स्थापित भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत निर्वाचन परिणामको विश्लेषण गर्दै उनले अबको राजनीति ‘डिजिटल र एआई’ युगतर्फ अघि बढिसकेको उल्लेख गरेका छन्।

डा. भट्टराईले नयाँ संसद्मा युवाको उल्लेखनीय उपस्थितिलाई प्रमुख उपलब्धिका रूपमा लिएका छन्। “४० वर्षमुनिका १०२ सांसद, अर्थात् करिब ३८ प्रतिशत हुनु भनेको नेपाली राजनीति अब डिजिटल र एआई युगतर्फ फड्को मारिसकेको संकेत हो,” उनले भने।

निर्वाचन परिणामको व्याख्या फरक–फरक ढंगले भइरहे पनि यसपटकको नतिजाले राजनीतिमा पुस्तान्तरणको प्रक्रिया ‘उल्टाउनै नसक्ने’ रूपमा स्थापित गरिदिएको उनले दाबी गरेका छन्।

परिवर्तित राजनीतिक माहोल र युवाको आकर्षणलाई आत्मसात् गर्न नसक्ने दल तथा नेतृत्वको भविष्य संकटमा पर्ने चेतावनी पनि उनले दिएका छन्। “यो यथार्थलाई बुझ्न नसक्ने दल र नेतृत्वको भविष्य के हुन्छ, आफैँ अनुमान गर्न सकिन्छ,” भट्टराईले उल्लेख गरेका छन्।

पछिल्लो निर्वाचनमा पुराना दलको तुलनामा युवा उम्मेदवार र नयाँ राजनीतिक शक्तिको उदयलाई उनले प्रविधिमुखी युगसँग जोडेर टिप्पणी गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट