Techie IT
२०८३ असोज १३, मंगलबार

महावीर पुनप्रति अर्याल आक्रोशित: भ्रामक सामग्रीमा आधारित आरोप अस्वीकार्य


नेकपा एमालेकी नेतृ पद्मा अर्याल ले सांसद् महावीर पुनले आफूमाथि गरेको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन्।

पुनले भ्रमपूर्ण सामग्रीलाई आधार बनाएर गालीगलौजपूर्ण शब्द प्रयोग गरेको आरोप लगाउँदै अर्यालले सामाजिक सञ्जालमार्फत त्यसको कडा खण्डन गरेकी हुन्।

पुनलाई सम्बोधन गर्दै अर्यालले लेखेकी छिन्, “नयाँ संसदमा तपाईँजस्तो सुविख्यात एवं प्रतिभावान् सञ्चार–प्रविधि विज्ञको उपस्थितिले सूचना प्रविधि क्षेत्र सुधार तथा भ्रामक सूचनाको नियन्त्रणमा सहकार्य हुनेमा म उत्साहित थिएँ। तर आज तपाईँले गरेको पोस्टले निराश बनाएको छ।”

अर्यालले पुनले टिप्पणी गर्दा कुनै पार्टी निकट फेसबुक पेजमा प्रकाशित ‘मनगढन्ते’ र ‘विषाक्त’ सामग्रीलाई आधार बनाएको आरोप लगाएकी छन्। आफूले ‘नयाँ नेताहरूलाई तह लगाउने’ भन्ने अभिव्यक्ति कहिल्यै नदिएको स्पष्ट पार्दै उनले भनिन्, “मैले नबोलेको विषयलाई नियोजित ढंगले प्रस्तुत गरिएको सामग्रीलाई तपाईँजस्तो जिम्मेवार व्यक्तिले बिना मूल्यांकन प्रचार गर्नु र द्वन्द्व सिर्जना गर्नु चिन्ताजनक हो।”

राजनीतिक तथा वैचारिक मतभेद स्वाभाविक भए पनि जिम्मेवार व्यक्तिबाट अनर्गल टिप्पणी आउनु अशोभनीय हुने उनको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट