Techie IT
२०८२ चैत्र १२, बिहीबार

रास्वपाले आज बालेनलाई संसदीय दलको नेता बनाउँदै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। सोही बैठकपछि संसदीय दलको बैठक पनि बस्ने कार्यसूची तय गरिएको छ।

रास्वपाले संसदीय दलको नेता चयनलगायत विभिन्न एजेन्डामाथि छलफल गर्न आज दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको हो।

गत पुस १३ गते काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार बुँदा नम्बर ४ मा रवि लामिछाने पार्टी सभापति रहने र बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने उल्लेख छ।

पार्टीका सचिवालय सदस्य गणेश पराजुलीका अनुसार सोही सहमतिअनुसार संसदीय दलको बैठकले बालेन शाहलाई दलको नेता चयन गर्ने तयारी गरिएको छ।

यसैबीच, नवनिर्वाचित सांसदहरूले आज संघीय संसद् भवन, सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। शुक्रबार बालेन शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी भइरहेकाले त्यसअघि नै पार्टीले उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयलाई दिनेछ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत प्राप्त गरेकाले संविधानको धारा ७६(१) अनुसार राष्ट्रपतिबाट बालेन शाह प्रधानमन्त्रीमा नियुक्त हुने प्रक्रिया अगाडि बढ्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट