Techie IT
२०८३ असार ६, शनिबार

नवनिर्वाचित सांसदलाई कांग्रेसले भोलि सानेपामा प्रशिक्षण दिदैँ


नेपाली कांग्रेसले पार्टीका नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने भएको छ।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार भोलि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रशिक्षण भोलि बिहान ११ बजे सानेपास्थित पार्टी कार्यालयमा हुनेछ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरू सहभागी हुनेछन्।

प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसले ३८ सिट जितेको छ। पार्टीले सांसदहरूलाई संसदीय अभ्यास, विधेयक प्रक्रिया र प्रभावकारी भूमिका निर्वाहका विषयमा अभिमुखीकरण गर्ने तयारी गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट