Techie IT
२०८२ चैत्र १३, शुक्रबार

प्रधानमन्त्रीमा शाहले लिए ऐतिहासिक शपथ: सात शंख, १०८ बटुक र अष्टमंगलसँग वैदिक प्रयोग


काठमाडौं । बालेन शाह (बालेन्द्र) शुक्रबार १२ः३२ मा प्रधानमन्त्री पदको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

शपथअघि बालेनले शुभसाइत पठाएर वैदिक परम्परालाई स्मरण गर्दै नयाँ प्रयोग गरेका थिए। समारोहमा एकसाथ सात शंखबाट शंखनाद गरियो, १०८ जना बटुकहरूले स्वस्तिवाचन गरे र १६ जना भिक्षुले अष्टमंगल पाठ गरेका थिए।

वैदिक परम्पराअनुसार शंखको ध्वनिले मानव शरीरका सात मुख्य ऊर्जाहरू (चक्र)लाई सन्तुलित बनाउने विश्वास छ। सात शंख बजाउनुलाई सप्तऋषिको उपस्थितिसँग जोडिएको र आशीर्वाद प्राप्त गर्ने माध्यमको रूपमा लिइन्छ। साथै, सातको संख्या पूर्णताको प्रतीक मानिन्छ र यसले विजय, सुख र समृद्धिको संकेत दिने धार्मिक विश्वास छ।

शपथ समारोहमा मुलुकका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए। यो शपथ ग्रहण समारोह नेपालमा यस्तो वैदिक र आध्यात्मिक समावेशी प्रयोगसँग सम्पन्न पहिलो पटक भएको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट