Techie IT
२०८२ चैत्र १४, शनिबार

सरकारलाई नेकपाको चेतावनी: प्रतिवेदन कार्यान्वयनका नाममा द्वन्द्व निम्त्याउने काम नगर


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनले जारी गरेको विज्ञप्तिमा सरकारले द्वन्द्व निम्त्याउने कुनै पनि कदम नचाल्न आग्रह गरिएको छ।

विज्ञप्तिमा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय नगर्न चेतावनी दिइएको छ।

‘सरकारले कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगरोस् र द्वन्द्व सिर्जना हुने कार्य नगरोस्,’ विज्ञप्तिमा उल्लेख छ।

यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि शनिवार बिहान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

यसैबीच, नेकपाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेकोमा बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट