पक्राउपछि अस्पतालमा ओली: स्वास्थ्य अवस्था सामान्य, पित्तथैलीमा भेटियो पत्थरी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत रहेका ओलीको अवस्था स्थिर रहेको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए।
उनका अनुसार आज गरिएको स्वास्थ्य परीक्षणका नतिजा सामान्य देखिएका छन्। “भर्ना हुँदा मुटुको धड्कन केही बढेको थियो, अहिले नियन्त्रणमा आएको छ। मिर्गौलाको अवस्था पनि सामान्य छ,” उनले बताए।
यद्यपि, परीक्षणका क्रममा ओलीको पित्तथैलीमा पत्थरी (स्टोन) देखिएको छ। सोही कारण आज अस्पतालमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ।
अध्यक्ष ओलीलाई आज प्रहरीले पक्राउ गरी उपचारका लागि अस्पताल भर्ना गरेको हो। उनलाई भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस कार्यान्वयनका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस