Techie IT
२०८२ चैत्र २२, आइतबार

निर्वाचनमा आएको “हावा हुण्डरी” स्वीकार्नुको विकल्प छैन - नेता शेखर कोइराला


नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी अहिले निकै कमजोर अवस्थामा पुगेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालैको निर्वाचनमा आएको “हावा हुण्डरी” स्वीकार्नुको विकल्प नभएको बताए।

उनले जनताको चाहना बुझ्न नसक्दा कांग्रेसले हार व्यहोरेको स्वीकार गर्दै मतदातामा ठूलो परिवर्तन आएको उल्लेख गरे। “हामीले पार्टी छोडेका छैनौँ, मत मात्रै फेरेका हौँ भन्ने जनताको सन्देश आएको छ,” उनले भने, “यसपटक स्विङ भोट भएको छ, भोट सिफ्ट भएको होइन।”

कोइरालाले अब कांग्रेसले मतदाताको विश्वास गुम्न नदिन ध्यान दिनुपर्ने बताए। “पहिले हाम्रो लडाइँ वामपन्थीसँग हुन्थ्यो, त्यो सजिलो थियो। अबको प्रतिस्पर्धा लिबरल डेमोक्रेट शक्तिसँग हुँदैछ, त्यसमा हामी पछि पर्न हुँदैन,” उनले भने।

उनले पार्टीभित्र संगठन सुदृढीकरणको आवश्यकता औँल्याउँदै आफूले केन्द्रीय समितिमा विशेष महाधिवेशनको माग उठाएको स्मरण गरे। “केन्द्रीय समितिले विशेष अधिवेशन नगरे पार्टी अप्ठ्यारो अवस्थामा पुग्छ भनेर पटक–पटक भनेको थिएँ,” उनले भने।

उनले विशेष अधिवेशनबाट गगन थापा सभापति बनेको उल्लेख गर्दै त्यसविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको बताए। “अब मुद्दाको सुनुवाइ सुरु हुँदैछ, कति समय लाग्ने हो हेर्न बाँकी छ,” उनले थपे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट