Techie IT
२०८२ चैत्र २२, आइतबार

ओलीलाई तुरुन्त छाड्न गौतमको खुला चेतावनी


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले केपी शर्मा ओली लाई हिरासतमा राखिएकोप्रति आपत्ति जनाउँदै तुरुन्त रिहा गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह लाई खुला पत्र सार्वजनिक गर्दै गौतमले ७४ वर्षीय अस्वस्थ राजनीतिक व्यक्तिलाई अपमानजनक ढंगले पक्राउ गर्नु गलत भएको बताएका हुन्।

‘रातारात घर घेरेर बिहानै पक्राउ गर्ने शैली गलत हो, यस्ता गल्ती सच्याउन म अनुरोध गर्छु,’ गौतमले भनेका छन्, ‘एक वृद्ध र शारीरिक रूपमा अस्वस्थ व्यक्तिलाई यस्तो व्यवहार गर्नु उचित होइन।’

उनले संविधानमा मृत्युदण्डको व्यवस्था नभएको स्मरण गराउँदै अन्य देशहरूमा समेत मृत्युदण्डअघि अन्तिम इच्छा सोधिने अभ्यास रहेको उल्लेख गरे। ओलीमाथि लगाइएका आरोपहरूलाई घटना, प्रमाण र कानुनका आधारमा परीक्षण नगरी कारबाही अघि बढाउनु उचित नभएको गौतमको भनाइ छ।

गौतमले कुनै पनि घटनामा छानबिन प्रतिवेदनपछि मात्र अनुसन्धान र त्यसको निष्कर्षका आधारमा कारबाही अघि बढाउनुपर्ने कानुनी प्रक्रिया रहेको पनि स्मरण गराएका छन् । ‘अदालतबाट प्रमाणित भएपछि मात्र कारबाही गर्नु उपयुक्त हुन्छ,’ उनले भने।

उनले भदौ २३ को घटनामा १९ जनाको मृत्यु भएपछि आफूले पनि ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेको स्मरण गर्दै त्यसपछि विकसित घटनाक्रममा शान्तिपूर्ण प्रक्रिया कायम गर्न ओलीको पनि योगदान रहेको दाबी गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट