Techie IT
२०८२ चैत्र २४, मंगलबार

बालेन मन्त्रिपरिषद्‌मा ठूलो फेरबदल: ११ दिनमै मन्त्रीहरूको वरीयता उल्टापुल्टा


नियुक्त भएको ११ दिनमै बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा मन्त्रीहरूको वरीयतामा व्यापक हेरफेर गरिएको छ।

चैत १३ गते मन्त्रिपरिषद् गठन हुँदा गृहमन्त्री सुधन गुरुङ तेस्रो वरीयतामा रहेका थिए। तर, चैत २४ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मर्यादाक्रम पुनः निर्धारण गरिएपछि उनको वरीयता पाँचौँ स्थानमा झरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्ले भने दोस्रो वरीयतामै यथावत् छन्। यसअघि चौथो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता बढेर तेस्रो नम्बरमा पुगेको छ।

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल चौथोबाट झर्दै छैटौँ स्थानमा पुगेका छन् भने यसअघि छैटौँ स्थानमा रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको वरीयता उक्लिएर चौथो नम्बरमा पुगेको छ।

त्यसैगरी, पर्यटनमन्त्री खडक राज पौडेल सातौँबाट झरेर १२औँ स्थानमा पुगेका छन् भने शिक्षामन्त्री सस्मित पोखरेल आठौँबाट ११औँ स्थानमा पुगेका छन्।

स्वास्थ्यमन्त्री निशा मेहता नवौँबाट १०औँ स्थानमा झरेकी छन् भने डा. विक्रम तिमल्सिना १०औँबाट १३औँ स्थानमा पुगेका छन्।

संघीय मामिला मन्त्री प्रतिभा रावल ११औँबाट उक्लिएर नवौँ स्थानमा पुगेकी छन् भने कानुनमन्त्री सोविता गौतम १२औँबाट सातौँ स्थानमा पुगेकी छन्। कृषि मन्त्री गीता चौधरी १३औँबाट १४औँ स्थानमा झरेकी छन्।

श्रममन्त्री दीपक साहको वरीयता अन्तिम स्थानमा पुगेको छ। उनी यसअघि ठगी प्रकरणमा मुछिएको भन्दै विवादमा आएका थिए, यद्यपि अदालतबाट सफाइ पाएको देखिन्छ। हालै उनले आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्त गराएको विषयमा पुनः विवादमा तानिएका छन्।

यसैबीच, यसअघि अन्तिम वरीयतामा रहेकी महिलामन्त्री सीता वादीको वरीयता उक्लिएर आठौँ स्थानमा पुगेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट