Techie IT
२०८३ वैशाख ६, आइतबार

महाधिवेशन तयारीमा रास्वपा, लामिछानेले बोलाए सचिवालय बैठक


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सांगठनिक विस्तार र महाधिवेशन तयारीलाई तीव्रता दिन सचिवालय बैठक आह्वान गरेको छ। भोलि आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी प्रवक्ता मनिष झाले दिएका छन्।

बैठकका लागि ६ वटा मुख्य कार्यसूची तय गरिएको छ, जसमा संगठन विस्तारदेखि महाधिवेशनको रोडम्यापसम्मका महत्वपूर्ण विषयहरू समेटिएका छन्। विशेषगरी ‘जिल्ला अधिवेशन कार्यविधि २०८३’ माथि विस्तृत छलफल हुने र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनबारे निर्णय लिने एजेन्डा प्रमुख रहेको छ।

यसैगरी, पार्टीको आर्थिक पारदर्शिता सुदृढ गर्न बैंक खाता सञ्चालनसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ। संगठनलाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूमा मनोनयन गर्ने विषयमा पनि सचिवालयले निर्णय लिनेछ।

रास्वपाले यसपटक नयाँ अभ्यासका रूपमा ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’लाई समेत एजेन्डामा समावेश गरेको छ, जसलाई पार्टीभित्र नीति निर्माण र कार्यक्षमता अभिवृद्धिको प्रयासका रूपमा हेरिएको छ।

यसका अतिरिक्त प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी, तथा संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग र लेवी व्यवस्थापनका विषयमा पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट