मन्त्रीलाई आइफोन बाँड्ने हल्ला झुटो हो - सञ्चारमन्त्री तिमिल्सिनाको
सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले हरेक मन्त्रीलाई आइफोन वितरण गर्न लागिएको भन्ने समाचार पूर्णतः भ्रामक भएको बताएका छन्। विभिन्न सञ्चार माध्यममा यस्तो समाचार सार्वजनिक भएपछि उनले आइतबार सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै उक्त दाबीको कडा खण्डन गरेका हुन्।
उनले प्रश्न गर्दै भने, “सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो?” साथै, यस्ता विषय साझा गर्नु अघि स्रोत र विश्वसनीयता सुनिश्चित गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।
मन्त्री तिमिल्सिनाले सरकार सधैं नागरिकको उज्ज्वल भविष्य निर्माणमा केन्द्रित रहेको उल्लेख गर्दै जनताको करको पैसाको दुरुपयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस