Techie IT
२०८३ वैशाख ६, आइतबार

सभापति थापा–खड्का भेटवार्ता: कांग्रेसभित्र विभाजनको संकेत कि सहमतितर्फ कदम?


नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटघाट गरेका छन्। सभापति थापा गोल्फुटारस्थित खड्का निवासमै पुगेर भेटवार्ता गरेका हुन्।

महामन्त्री प्रदीप पौडेलका अनुसार दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको अवस्थाबारे छलफल भएको हो।

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई सर्वोच्च अदालतले शुक्रबार मात्रै टुंगो लगाएको थियो। त्यसपछि खड्काको अध्यक्षतामा शनिबार १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको बैठक बसेको थियो भने आइतबार केन्द्रीय सदस्यहरूको बैठकसमेत सम्पन्न भएको थियो।

उक्त बैठकले पार्टीको नेतृत्व र जिम्मेवारी विशेष महाधिवेशनमार्फत सभापति बनेका थापाको काँधमा पुगेको निष्कर्ष निकालेको थियो।

तर, खड्का पक्षबाट सम्मानजनक भूमिका नपाएमा छुट्टै पार्टी गठन गर्नेसम्मका धारणा पनि बैठकमा उठेका थिए। सोही पृष्ठभूमिमा सभापति थापा खड्कालाई भेट्न उनको निवास पुगेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट