Techie IT
२०८३ वैशाख ६, आइतबार

विद्यार्थी आन्दोलन बचाउन सांसदको लोगो फुकालेर सडकमा आउन तयार छु - ऐन महर


नेकपा एमालेका युवा नेता तथा प्रतिनिधिसभा सदस्य ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिबन्ध लगाउने सरकारको कुनै पनि प्रयास असफल हुने चेतावनी दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको महत्वपूर्ण पहरेदार भएको उल्लेख गरेका थिए । उनले विद्यार्थी संगठन खारेज गर्ने विषयलाई ‘बेतुका’ भन्दै कडा आपत्ति जनाए।

सांसद महरले वर्तमान सरकारमाथि नेपालको राष्ट्रियता र स्वाधीनताप्रति उदासीन रहेको आरोपसमेत लगाएका थिए । सरकारद्वारा प्रस्तावित शासकीय सुधारको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेज गर्ने आशय लुकेको दाबी गर्दै उनले त्यसविरुद्ध तत्काल सशक्त आन्दोलन हुनुपर्ने बताए।

“यो सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातित छ। यसलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया छैन,” उनले भने, “तपाईंहरू सडकमा उत्रिनुस्, हामी सबै मोर्चाबाट साथ दिन्छौँ। आवश्यक परे सांसदको लोगो फुकालेर तपाईंहरूसँगै आन्दोलनमा उत्रिन तयार छु।”

उनले गणतन्त्र स्थापनामा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै वर्तमान व्यवस्थामा विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने प्रयास कदापी स्वीकार्य नहुने बताए।

साथै, उनले संविधानको धारा ३१ मा सुनिश्चित गरिएको शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई आन्दोलनको मुख्य एजेण्डा बनाउन विद्यार्थी नेतृत्वलाई सुझाव दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट