Techie IT
२०८३ वैशाख ८, मंगलबार

स्वार्थको एकता मान्य छैन, वाम आन्दोलनको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्छ - बिन्दा पाण्डे

अब हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको आधारमा वाम आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ


नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले व्यक्तिगत स्वार्थ नमिलेकै कारणले विगतमा अलग भएका शक्तिहरूले पुनः वाम एकताको बहस उठाएको आरोप लगाएकी छन्। नेपालमा वाम आन्दोलनमा महिलाको उपलब्धि, चुनौती र अवसर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले स्वार्थमा आधारित एकता स्वीकार्य नहुने स्पष्ट पारिन्।

उनले विगतको अनुभव स्मरण गर्दै भनिन् - “सङ्कट आएपछि पटक–पटक एकता गर्ने, फेरि स्वार्थ नमिल्दा फुट्ने प्रवृत्ति दोहोरिँदै आएको छ। अहिले फेरि बजारमा वाम एकताको हल्ला चलेको छ, तर यसको आधार के हो भन्ने प्रश्न उठ्छ।” संसद्मा प्रमुख प्रतिपक्षको हैसियत गुमाउनु र नयाँ पुस्ताको विश्वास घट्दै जानु पनि यस्ता बहसको कारण भएको उनको भनाइ छ।

पाण्डेले एकताको कुरा अघि बढाउनुअघि विगतमा एकता गरेर किन फुट भयो भन्नेबारे नेतृत्वले जवाफ दिनुपर्ने बताएकी छन् । ‘हाम्रो विचार र नीति नमिलेर फुटेका हौँ कि नेताहरूको स्वार्थ नमिलेर? यदि स्वार्थकै कारण फुटेका हौँ भने फेरि त्यही आधारमा हुने एकता हामीलाई स्वीकार्य हुँदैन उनले भनिन् ।

उनले आफूहरू एकताको विरोधमा नभएको तर त्यसको आधार स्पष्ट र सिद्धान्तगत हुनुपर्ने बताइन्। अब हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको आधारमा वाम आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ। अहिले शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरूबाट मात्रै त्यो सम्भव नदेखिएको बताएकी छन् ।

वाम आन्दोलनलाई नयाँ उचाइमा लैजान युवा पुस्तालाई अगाडि सार्नुपर्ने आवश्यकता औंल्याउँदै उनले पुराना नेताहरूले अब अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट