Techie IT
२०८३ असार ५, शुक्रबार

एमाले प्रमुख सचेतकमा महर


नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतक पदमा ऐनबहादुर महरलाई मनोनयन गरेको छ। 

एमाले संसदीय दलका नेता रामबहादुर थापा मगर ले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम शुक्रबारदेखि लागू हुने गरी महरलाई उक्त जिम्मेवारी सुम्पिएका हुन्।

संसदीय दलका नेताद्वारा जारी पत्रमा महरले प्रमुख सचेतकको रूपमा आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। एमालेले यस मनोनयनबारे सङ्घीय संसद सचिवालयलाई समेत जानकारी गराइसकेको छ। साथै, पार्टीले प्रतिनिधि सभामा सचेतकको जिम्मेवारी निता घतानीलाई प्रदान गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट