Techie IT
२०८३ असार ५, शुक्रबार

धरानसहित सुनसरीका खानेपानी योजना बजेटमा राख्न साम्पाङको माग


प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ्) ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुनसरी क्षेत्र नम्बर १ का खानेपानी योजनाहरू समावेश गर्न सरकारसँग माग गरेका छन्।

खानेपानी मन्त्रालयलाई पत्र लेख्दै उनले नागरिकले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्याको समाधानका लागि दीर्घकालीन तथा आधारभूत योजनाहरू तत्काल अघि बढाउनुपर्ने उल्लेख गरेका छन्।

साम्पाङ्ले विशेषगरी ‘सप्तकोशी–धरान खानेपानी आयोजना’ लाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उक्त आयोजनामार्फत धरानका विभिन्न वडा, समथर आवासीय क्षेत्र तथा बजार क्षेत्रमा कम्तीमा ३० वर्षसम्म पर्याप्त हुने दीर्घकालीन खानेपानी आपूर्ति सुनिश्चित गर्न सकिने उनको भनाइ छ।

यसैगरी, धरान–२० मा स्रोत व्यवस्थापनमार्फत खानेपानी उपलब्ध गराउने, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकामा खानेपानी स्तरोन्नति गर्ने योजनाहरू पनि बजेटमा समावेश गर्नुपर्ने माग गरिएको छ। ती क्षेत्रमा भूमिगत पानी निकालेर ‘ओभरहेड ट्यांकी’ निर्माण तथा व्यवस्थित वितरण प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

राईले नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने यस्ता योजनाहरूलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट