Techie IT
२०८३ वैशाख १४, सोमबार

कांग्रेसमा आजै दलको नेता टुंगिने संकेत


काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा तय गरिएको छ ।

बैठकमा पार्टी सभापति गगन कुमार थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेश गर्ने तयारी रहेको छ । सोही बैठकबाट दलको नेताको टुंगो लगाउने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

गत फागुनमा सम्पन्न निर्वाचनपछि सांसदहरूले सपथ लिएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसमा दलको नेताका लागि अर्जुननर सिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदारका रूपमा रहेका छन् ।

कांग्रेस स्रोतका अनुसार पूर्व सहमहामन्त्री आङ्देम्बेको नाममा सहमति जुट्ने सम्भावना बलियो देखिएको छ । उनलाई उपसभापति विश्वप्रकास शर्मा सहित देउवा–कोइराला समूहको समर्थन रहेको बुझिएको छ । 

गत शुक्रबार दलको नेता चयनका लागि मतदानको मिति तोकिए पनि सहमतिका लागि भन्दै प्रक्रिया स्थगित गरिएको थियो । सोही दिन बसेको कार्यसम्पादन समिति बैठकले सहमतिमै नेता चयन गर्न उपसभापति शर्माको नेतृत्वमा समन्वय समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदन आज सभापति थापालाई बुझाइने छ । त्यसपछि दिउँसो १ बजे संसदीय दलको बैठक बस्दैछ । वैठकमा दलको नेता चयन गर्ने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिएका छन् ।

यसैबीच, आजै दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्ने तय भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट