Techie IT
२०८३ असोज ११, आइतबार

अनुशासनको नाममा ‘डन्डा’ नचलाउन देउवा समूहको चेतावनी


नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पूर्वाग्रहपूर्ण ढंगले अनुशासनको नाममा स्पष्टीकरण सोध्ने कार्य तत्काल रोक्न वर्तमान सभापति गगन थापा समक्ष माग गरेको छ।

नेता पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको देउवा समूहको भेलाले नेताहरूमाथि कारबाहीको ‘डन्डा’ चलाएर निरङ्कुश प्रवृत्ति देखाइएको आरोप लगाउँदै यस्तो कदम तुरुन्त स्थगित गर्न आग्रह गरेको हो।

बैठकले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै विशेष महाधिवेशन नै पार्टी पराजयको प्रमुख कारण बनेको निष्कर्ष निकालेको छ। साथै, पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने जनाए पनि सभापति गगन थापाले अघि बढाएको महाधिवेशनलाई भने नमान्ने निर्णय गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट