Techie IT
२०८३ वैशाख २०, आइतबार

दुई सुकुम्बासीको मृत्युमा लामिछानेको रहस्यमय मौनता


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई सुकुम्बासीको दुःखद् मृत्युको घटनामा तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। 

अनुसन्धान प्रक्रिया जारी रहेकाले अहिले नै बोल्नु उपयुक्त नहुने उनको भनाइ छ। आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने - “पहिले अनुसन्धानको प्रतिवेदन हेरौँ। सञ्चारमाध्यममा आएका सूचनाका आधारमा मात्रै प्रतिक्रिया दिनु उचित हुँदैन।” लामिछानेले रास्वपा र सरकार दुवैले देशका कुनै पनि नागरिक घरबारविहीन नहुने सुनिश्चित गर्न प्रतिबद्ध रहेको दाबी गरेका छन् । 

यद्यपि, बस्ती खाली गराउने क्रममा प्रक्रियागत त्रुटि भएको हुनसक्ने उनले स्वीकार गरे। “प्रक्रियामा केही तलमाथि भएको हुनसक्छ। अझ राम्रो ढंगले पनि गर्न सकिन्थ्यो होला,” उनले भने, “तर अन्ततः कुनै पनि नागरिक घरबारविहीन हुने छैनन्, केही समयका लागि मात्रै दुःख हुन सक्छ।”

उनले सुकुम्बासीले तत्काल भोगेको समस्याभन्दा वर्षौँदेखि सहँदै आएको दुःख अझ ठूलो रहेको उल्लेख गरेका छन् । “उहाँहरूले अहिले पाउनु भएको दुःखभन्दा विगतदेखि भोग्दै आएको पीडा ठूलो हो। हामी उहाँहरूलाई दीर्घकालीन रूपमा राम्रो व्यवस्थापन गर्न प्रयासरत छौँ,” लामिछानेले भने। 

उनका अनुसार सुकुम्बासी समस्या समाधानका लागि शक्तिशाली आयोग वा प्राधिकरण गठन गरी छिटोभन्दा छिटो व्यवस्थापन गरिने छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट