संसद् सचिवमाथि सभामुखको कडा एक्सन, स्पष्टीकरण माग, हटाउने संकेत !
सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईसँग स्पष्टीकरण माग गरेका छन्। स्रोतका अनुसार वैशाख १७ गते सोधिएको स्पष्टीकरणको जवाफ सचिव राईले सोमबार बुझाएका छन्।
सङ्घीय संसद्का महासचिव तथा सचिवको सेवा सर्त र सुविधासम्बन्धी ऐनको दफा ६ को खण्ड (ङ) अनुसार सभामुखले उक्त स्पष्टीकरण सोधेका हुन्। उक्त प्रावधानमा कार्यक्षमता कमजोर देखिएमा वा पदीय जिम्मेवारीमा जवाफदेही नदेखिएमा हटाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्न सकिने व्यवस्था छ।
यद्यपि, हटाउनु अघि सम्बन्धित पदाधिकारीलाई सफाइ दिने अवसर दिनुपर्ने कानुनी प्रावधान रहेकाले सोही अनुसार स्पष्टीकरण सोधिएको हुन सक्ने संसद् सचिवालय स्रोतले जनाएको छ।
तत्कालीन सभामुख देवराज घिमिरेको सिफारिसमा २०८१ पुस १६ गते राई सचिव पदमा नियुक्तिका लागि सिफारिस भएका थिए। संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सभामुखको सिफारिसपछि राष्ट्रपतिले सचिव पदमा नियुक्त गर्ने व्यवस्था रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस