हिरासतमा राख्ने म्याद थप्न अदालतको अस्वीकार पछि उद्योगपति शेखर गोल्छा रिहा
उद्योगपति शेखर गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्ने म्याद थप गर्न जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको छ।
अदालतको आदेशसँगै अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले उनलाई हिरासतमुक्त गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने भएको छ।
न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी गरिएको पक्राउ अनुमति तथा हिरासत म्याद थप नगर्ने आदेश दिएको हो।
अदालतको आदेशमा भनिएको छ, “प्रतिवादी शेखर गोल्छालाई हिरासतमा राखी मुद्दाको अनुसन्धान गर्न आवश्यक अवस्था विद्यमान नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन।”
अदालतको आदेशपछि उद्योगपति गोल्छा रिहा भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस