Techie IT
२०८३ असार ३१, बुधबार

प्रलोपामा पहिरो: बाबुराम र सुदन किराँतीले एकैसाथ छाडे पार्टी


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको यात्रा टुङ्ग्याएका छन्। बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद्को बैठकले डा. भट्टराईलाई साङ्गठनिक जिम्मेवारीबाट मुक्त गर्दै बिदाइ गर्ने निर्णय गरेको हो।

कुनै पनि साङ्गठनिक ढाँचामा नबसी ‘स्वतन्त्र’ रहेर वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने भट्टराईको प्रस्तावलाई पार्टीले स्वीकार गरेको छ। प्रलोपाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “उहाँको वैयक्तिक छनौटलाई उच्च सम्मान गर्दै आगामी यात्राका लागि शुभकामना दिने निर्णय गरियो।”

यसैबीच, पार्टीका प्रभावशाली नेता तथा अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। बैठकले किराँतीको बहिर्गमनलाई पनि अनुमोदन गर्दै शुभकामना दिएको छ।

बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको निर्मम समीक्षा समेत गरेको छ। वर्तमान राज्यसत्ता र राजनीति मजदुर, श्रमजीवी तथा उत्पीडित समुदायको हितमा नरहेको निष्कर्ष निकाल्दै पार्टीले आगामी दिनमा नयाँ रणनीति तय गर्ने सङ्केत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट