Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

बजेटअघि कांग्रेस संसदीय दलको बैठक आज बस्दै


नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने जनाइएको छ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीको आगामी रणनीति तथा सरकारको नीति–कार्यक्रम र बजेटबारे छलफल हुने तयारी गरिएको छ।

सरकारले भोलि आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्ने तयारी गरिरहेकाले त्यसअघि कांग्रेसले आफ्नो धारणा र रणनीति तय गर्न लागेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट