रास्वपा सभापति रवि लामिछाने आज भारत जाँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि आज (सोमबार) भारत प्रस्थान गर्दै छन्।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको विशेष निमन्त्रणामा भारत जान लागेका हुन्। प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिका कारण राजनीतिक वृत्त गर्माइरहेका बेला रास्वपा नेतृत्वको यो भारत भ्रमणलाई कूटनीतिक रूपमा निकै चासोका साथ हेरिएको छ।
भ्रमण टोलीमा सभापति लामिछानेसहित उनकी पत्नी निकिता पौडेल, रास्वपाका प्रतिनिधिसभा सदस्य विपिन आचार्य, दीपक बोहरा र नेता प्रदीप आचार्य सहभागी रहेको प्रवक्ता झाले जानकारी दिए।
पाँच दिनसम्म चल्ने यस भ्रमणका क्रममा द्विपक्षीय हित र राजनीतिक सम्बन्धबारे छलफल हुने बताइएको छ। लामिछाने नेतृत्वको टोली भारत भ्रमण सकेर आगामी शुक्रबार नेपाल फर्किने कार्यतालिका छ।



तपाईको प्रतिक्रिया दिनुहोस