Techie IT
२०८३ असोज १०, शनिबार

रवि–मोदी भेटपछि परराष्ट्रमन्त्री खनाल भारत जाँदै


परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणबारे औपचारिक जानकारी दिएको हो।

यसअघि जेठ २३ गतेका लागि तय गरिएको भ्रमण केही प्राविधिक कारणले स्थगित भएको थियो। मन्त्रालयका अनुसार संशोधित कार्यतालिकाअनुसार मन्त्री खनाल शुक्रबार नयाँ दिल्लीतर्फ प्रस्थान गर्नेछन्।

भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस. जयशंकर सहित त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा समसामयिक क्षेत्रीय मुद्दामाथि छलफल हुने अपेक्षा गरिएको छ।

यता, हाल भारत भ्रमणमा रहेका रवि लामिछाने नेतृत्वको टोलीले भारतीय पक्षबाट उच्च प्राथमिकता पाएको चर्चा भइरहेका बेला रास्वपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री खनालको भ्रमणलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनालले भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणबारे भारतीय पक्षसँग प्रारम्भिक छलफल गर्नेछन्। साथै, नेपाल–भारत सीमा विवादलगायत संवेदनशील द्विपक्षीय मुद्दाहरूमा पनि संवाद हुने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट