Techie IT
२०८३ असार ४, बिहीबार

चुनावी समीक्षा र संगठन पुनःगठन गर्न एमाले शीर्ष टोली लुम्बिनीमा


नेकपा एमालेले पार्टी पुनःगठन अभियान तथा निर्वाचन समीक्षालाई केन्द्रमा राख्दै लुम्बिनी प्रदेशस्तरीय विशेष बैठक सुरु गर्ने भएको छ। कोशी प्रदेशमा कार्यक्रम सम्पन्न गरेर पार्टीको केन्द्रीय टोली लुम्बिनी आइपुगेको हो।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार कपिलवस्तुको चनौटामा आयोजना हुने बैठकमा पार्टीका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहनेछ। बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल र पृथ्वी सुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, सचिव गोकर्ण विष्ट तथा सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायतले सम्बोधन गर्ने कार्यसूची छ।

बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेशबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरूको सहभागिता रहने अध्यक्ष कँडेलले जानकारी दिए।

बैठकको मुख्य एजेन्डा पार्टीको सङ्गठनात्मक पुनःगठन, पछिल्लो निर्वाचनको निर्मम समीक्षा तथा आगामी राजनीतिक रणनीति तय गर्नु रहेको छ। यस बैठकबाट संगठनलाई थप सुदृढ बनाउने र आगामी चुनौतीहरूको सामना गर्न तल्लो तहसम्मका कार्यकर्तालाई सक्रिय बनाउने रणनीति पारित गरिने एमालेले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट