Techie IT
२०८३ असार १२, शुक्रबार

संसद् अवरोधको छायाबीच प्रतिनिधिसभा बैठक बस्दै


हिजो बिहीबार विशेष कारण देखाउँदै स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण अधिकांश सांसदहरू चितवनमा सङ्घीय संसद् प्रभावित भइरहेका बेला आजको बैठक बस्न लागेको हो।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार आजको बैठकमा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने र बजेट आश्रित विधेयकहरू पारित गर्ने तयारी छ।

आजको संसद्का मुख्य कार्यसूचीहरू:
महालेखाको प्रतिवेदन पेस: प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३’ सदनसमक्ष पेस गर्नेछिन्।

महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत: बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक २०८३, सहकारी (पहिलो संशोधन) विधेयक २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक दर्ता गराउने कार्यसूची छ।

बजेट आश्रित विधेयक पारित गरिने: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'आर्थिक विधेयक, २०८३' माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। साथै, 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३' माथि दफाबार छलफल गराई पारित गर्ने संसद्को तयारी छ।

सत्तारुढ दलकै सांसदहरू पार्टी महाधिवेशनमा व्यस्त हुँदा बिहीबारको बैठक सूचना टाँसेर स्थगित गर्नु परेको भन्दै संसद् भित्र र बाहिर सरकारको आलोचना भइरहेको छ। यस्तो अवस्थामा आज बस्न लागेको बैठकमा गणपूरक सङ्ख्या (कोरम) पुग्ने र कार्यसूची सहजै अघि बढ्नेमा भने सर्वत्र चासोका साथ हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट