Techie IT
२०८३ श्रावण १२, मंगलबार

शीर्ष उद्योगपतिहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज मुलुकका प्रमुख उद्योगपतिहरूसँग बजेट कार्यान्वयनका विषयमा विशेष छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा दिउँसो ३ बजे बस्ने बैठकमा नेपालको उत्पादनमूलक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका झन्डै तीन दर्जन उद्योगी–व्यवसायीहरूको सहभागिता रहने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

छलफल आगामी आर्थिक वर्षको बजेटले लिएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, उद्योग क्षेत्रका विद्यमान चुनौतीहरू र निजी क्षेत्रको प्रोत्साहनमा केन्द्रित हुनेछ।

उक्त महत्त्वपूर्ण बैठकमा अर्थमन्त्री वाग्लेसहित अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीका साथै अर्थ मन्त्रालयका वरिष्ठ अधिकारी तथा विभागीय प्रमुखहरूको उपस्थिति रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट