राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै
प्रधानमन्त्री वालेन्द्र शाह
राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दै छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बस्न लागेको उक्त बैठकमा पछिल्लो समय मुलुकमा उत्पन्न सुरक्षा परिस्थिति र विभिन्न समसामयिक विषयवस्तुहरूमाथि गहन छलफल हुने कार्यसूची रहेको छ।
सुरक्षा परिषद्को बैठकलाई नियमित प्रक्रियाका रूपमा लिइए तापनि पछिल्लो विकसित घटनाक्रमका कारण आजको बैठकलाई महत्त्वपूर्ण मानिएको छ।
नेपालको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सुरक्षा परिषद्मा निम्न पदाधिकारीहरूको सहभागिता रहने गर्दछ:
प्रधानमन्त्री (अध्यक्ष)
रक्षामन्त्री (सदस्य)
गृहमन्त्री (सदस्य)
परराष्ट्रमन्त्री (सदस्य)
अर्थमन्त्री (सदस्य)
नेपाल सरकारका मुख्य सचिव (सदस्य)
प्रधान सेनापति (सदस्य)
रक्षा सचिव (सदस्य सचिव)



तपाईको प्रतिक्रिया दिनुहोस