Techie IT
२०८३ असोज ६, मंगलबार

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता


राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्। 

राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का कामकारबाही तथा संसदीय अभ्यासका विविध आयामबारे गहन छलफल भएको सभामुखको निजी सचिवालयले जनाएको छ।

संसद्को कामकारबाहीलाई थप प्रभावकारी बनाउने र संसदीय प्रक्रियालाई व्यवस्थित गर्ने विषयमा दुवैबीच विचारविमर्श भएको बताइएको छ। करिब दुई साताको अन्तरालपछि आजै संसद् बैठक बस्न लागेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट