Techie IT
२०८३ भाद्र ३१, बुधबार

निर्मल पुर्जासहित ६ पर्वतारोहीको निधनप्रति एमालेद्वारा गहिरो शोक व्यक्त


विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका सदस्यहरूको पाकिस्तानस्थित 'ब्रोड पिक' मा हिमपहिरोमा परी भएको निधनप्रति नेकपा (एमाले) ले गहिरो शोक व्यक्त गरेको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज एक शोक वक्तव्य जारी गर्दै यस अकल्पनीय र दुःखद खबरले पार्टी स्तब्ध र मर्माहित भएको उल्लेख गरेका छन्। हिमपहिरोमा परी पुर्जासहित पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्याल्जेन शेर्पाको निधन भएको हो।

शोक वक्तव्यमा एमालेले भनेको छ, "उहाँहरूको असामयिक निधनले पर्वतारोहण क्षेत्रले मात्र नभई समग्र राष्ट्रले नै आफ्नो अमूल्य धरोहर र साहसी सन्तति गुमाएको छ।" एमालेले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट