Techie IT
२०८३ श्रावण २३, शनिबार

पार्टी मिल्छ भने महामन्त्री पद छाड्न तयार छु: कांग्रेस महामन्त्री पौडेल


नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै हुने दाबी गरेका छन्।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं. २६ कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन तोकिएकै मितिमा हुने बताए । उनले भने, “कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ, उक्त बैठकले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेबारे औपचारिक निर्णय गर्नेछ।”

पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र अलमल्याउने षड्यन्त्र भइरहेकोप्रति सचेत गराउँदै उनले पार्टीमा एकता अपरिहार्य रहेको औँल्याएका छन् । पार्टीभित्र एकता कायम हुन्छ भने आफू महामन्त्री पद त्याग्न समेत तयार रहेको उनको भनाइ थियो।

महामन्त्री पौडेलले थपे, “सभापति भनेको संस्था हो, त्यसैले संस्थाभन्दा माथि कोही हुँदैन। केही नेताहरू स्वयं वरिष्ठ नेता हुनुहुन्छ, त्यसैले उहाँहरूलाई वरिष्ठ मान्न नपर्ने कुनै कारण छैन। उहाँहरूको योगदान मेरोभन्दा धेरै छ। यदि यो पार्टी मिल्छ भने म महामन्त्री पद अहिले नै छाड्न तयार छु।”

सोही अवसरमा उनले नेपाली कांग्रेस डिजिटल माध्यममार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको दाबी गरे। अब आगामी दिनमा पार्टीका क्रियाशील सदस्यहरूको मतदान वा सहभागिताबाटै स्थानीय तहको उम्मेदवार छान्ने व्यवस्था गरिने समेत उनले स्पष्ट पारे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट