प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच सिंहदरबारमा भेटवार्ता
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग गरेको यो पहिलो एकल (एक्लाएक्लै) भेटवार्ता हो।
यसअघि प्रधानमन्त्री शाहले विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट मात्र गरेका थिए। आजको भेटमा उनीहरूबीच नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धਤਾ जनाएका थिए।
त्यस अवसरमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक र प्रगाढ सम्बन्धलाई अझ बलियो बनाउँदै साझा हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस