Techie IT
२०८३ श्रावण २५, सोमबार

कांग्रेसमा संस्थापन इतर समूहद्वारा क्षेत्रीय सभापतिसम्मलाई राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र


नेपाली कांग्रेसको संस्थापन इतर समूहले प्रदेशदेखि क्षेत्रीय तहसम्मका सभापतिहरूलाई राष्ट्रिय भेलामा सहभागी हुन औपचारिक परिपत्र जारी गरेको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले भेलामा अनिवार्य सहभागिताका लागि उक्त पत्र काटेका हुन्।

आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने यस राष्ट्रिय भेलामा प्रदेश तथा जिल्ला तहका महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री तथा सांसद, प्रदेशसभा क्षेत्रीय सभापति, तथा महानगर, नगरपालिका र गाउँपालिका कार्यसमितिका सभापतिहरूलाई आमन्त्रण गरिएको छ।

मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिका चुनौती तथा पार्टीभित्र देखिएको आन्तरिक विवादबारे व्यापक छलफल गर्ने उद्देश्यले भेला बोलाईएको परिपत्रमा उल्लेख छ।

वर्तमान सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई असहमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा समूहले यो समानान्तर भेला आयोजना गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट