Techie IT
२०८३ श्रावण २७, बुधबार

संघीय संसदका विभिन्न सात वटा समितिको बैठक बस्दै


आज संसद्का विभिन्न सात वटा संसदीय समितिका बैठकहरू बस्दैछन्। संघीय संसद सचिवालयका अनुसार आज अर्थ, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

विभिन्न समितिहरूको कार्यसूची
अर्थ समिति (बिहान ११ बजे): ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, देखिएका समस्या एवं चुनौती तथा आयोगका सिफारिस कार्यान्वयनको अवस्था’ का सम्बन्धमा छलफल हुनेछ।

कानुन, न्याय तथा मानव अधिकार समिति: बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी सोमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

महिला तथा सामाजिक मामिला समिति (बिहान ११ बजे): बैठकमा ‘बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्ष’ माथि छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति (बिहान ११ बजे): बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा दफावार छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

सार्वजनिक लेखा समिति (अपराह्न १ बजे): बैठकमा गृह मन्त्रालयसम्बद्ध विभिन्न उजुरी तथा विषयहरूमाथि विस्तृत छलफल हुनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति (बिहान ११ बजे): बैठकमा ‘विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयनको अवस्था तथा त्यसका लागि नेपाल सरकारबाट भए गरेका कामकारबाही’ का बारेमा समीक्षा गरिनेछ। साथै, आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा सहभागिताका लागि नेपालको तर्फबाट भइरहेको तयारीका बारेमा सम्बन्धित सरकारी अधिकारीहरूसँग जानकारी लिने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट