Techie IT
२०८३ श्रावण २८, बिहीबार

देउवा १२:४५ बजे विमानस्थलमा अवतरण हुने, निवाससम्मै प्रहरीले एस्कर्टिङ गर्ने


पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज बिहीबार थाइ एयरलाइन्सको उडानमार्फत स्वदेश फर्कंदै छन्। अध्यागमन स्रोतका अनुसार उनको विमान दिउँसो १२:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।

काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार विमानस्थलको सिनामंगलस्थित मूल प्रवेशद्वार (गोल्डेनगेट) देखि महाराजगञ्ज, चुनादेवीस्थित उनको निवाससम्म कडा सुरक्षासहित एस्कर्टिङ गर्ने व्यवस्था मिलाइएको छ। चर्चामा आएजस्तो कुनै पनि प्रकारको धरपकडको योजना नरहेको उनले स्पष्ट पारेका छन्।

गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारको शिकार भएका देउवा स्वास्थ्योपचारका लागि सिंगापुर गएका थिए। उनी करिब पाँच महिनाको लामो बसाइपछि आज बैंकक हुँदै काठमाडौं फर्किन लागेका हुन्।

प्रहरीको सुरक्षा योजनाअनुसार देउवालाई स्वागत गर्न चाहने कार्यकर्ताहरूलाई गोल्डेनगेटसम्म मात्र भेला हुने अनुमति दिइएको छ। त्यस्तै, विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमनद्वारमा भने पार्टीका केही शीर्ष नेताहरूलाई मात्र प्रवेशको अनुमति दिइने व्यवस्था मिलाइएको छ। यसको व्यवस्थापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट