नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू सम्पूर्ण रूपमा ‘पार्टी एकता हुनुपर्छ’ भन्ने पक्षमा रहेको बताएका छन्। शनिबार महाराजगञ्जस्थित आफ्नै निवासमा भेट्न पुगेका पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले अदालतबाट न्याय प्राप्तिपछि पार्टीमा एकता कायम हुन...