रास्वपाको दुईदिने कार्यशाला सुरु: नीति, सङ्गठन र नेतृत्व विकासमा जोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यहरूका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’ सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ। "रास्वपा कार्यशाला–नीति, सङ्गठन र नेतृत्व, शृङ्खला–१" नाम दिइएको यस कार्यशालामा पार्टीको नीतिगत स्पष्टता, सङ्गठन सुदृढीकरण र नेतृत्व क्षमता विकासका विषयमा विस्तृत छलफल भइरहेको रास्वपाका सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिएका छन् ।
पहिलो दिनको सत्र:
अनिल चित्रकारले ‘नेपालको चित्र, हामी कहाँ छौँ?’ शीर्षकमा देशको वर्तमान अवस्थाबारे प्रस्तुति दिएका छन्। उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका सैद्धान्तिक आधारबारे जानकारी गराएका छन्। महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य-मान्यता तथा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा प्रस्तुत गर्नेछन्।
पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया र उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, देखिएका समस्या र समाधानका उपायबारे प्रस्तुति दिने कार्यक्रम छ।
दोस्रो दिनको सत्र
निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको सङ्गठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यहरूको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। भने सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले ‘मिडिया र सोसल मिडिया: कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने?’ भन्ने विषयमा मन्तव्य व्यक्त गर्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस