Techie IT
२०८३ भाद्र १०, बुधबार

रसुवा बाढी: उद्धारका लागि सबै हेलिकप्टर स्ट्यान्डबाइमा, थप सुरक्षाकर्मी र मेडिकल टिम परिचालन


रसुवाको टिमुरे बजारमा आएको भीषण बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि मुलुकका सबै हेलिकप्टरहरूलाई तयारी (स्ट्यान्डबाइ) अवस्थामा राखिएको छ।

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत उद्धार तथा राहत कार्यलाई आवश्यकताअनुसार तत्काल अघि बढाउन सरकारी तथा निजी क्षेत्रका सबै हेलिकप्टर कम्पनीहरूलाई स्ट्यान्डबाइमा रहन निर्देशन दिइएको जानकारी दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणलाई तीब्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई पूर्ण रूपमा परिचालन गरिएको छ भने अन्य जिल्लाबाट समेत थप सुरक्षा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ।

प्रभावित क्षेत्रमा आपत्कालीन उद्धारका लागि थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मेडिकल टिम, नेपाल स्काउट र रेडक्रस लगायतका निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ।

साथै, त्रिशूली तथा भोटेकोशी नदीका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई विशेष निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट