Techie IT
२०८३ भाद्र २५, बिहीबार

कांग्रेसले तोक्यो प्रदेशका निर्वाचन संयोजक, कसले पायो कुन प्रदेशको जिम्मेवारी?


नेपाली कांग्रेसले आफ्नो आगामी १५ औँ महाधिवेशनको प्रक्रियालाई तीब्र पार्दै सातै प्रदेशका लागि निर्वाचन संयोजकहरू तोकेको छ। महाधिवेशनको आन्तरिक प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन केन्द्रीय निर्वाचन समितिले वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश संयोजकको जिम्मेवारी दिएको हो।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार पार्टीको महाधिवेशन प्रक्रियालाई निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न सबै प्रदेशमा अनुभवी कानुनविद्हरूलाई पठाइएको छ।

कुन प्रदेशमा कसको जिम्मेवारी?
कांग्रेसले तोकेको नयाँ जिम्मेवारी अनुसार सातै प्रदेशका संयोजकहरू यसप्रकार रहेका छन्:

कोशी प्रदेश: डिल्लीबहादुर कार्की

मधेश प्रदेश: बलराम सुवेदी

बागमती प्रदेश: कृष्ण अर्याल

गण्डकी प्रदेश: जगन्नाथ ढकाल

लुम्बिनी प्रदेश: दीपकुमार रेग्मी

कर्णाली प्रदेश: उत्तम आचार्य

सुदूरपश्चिम प्रदेश: गङ्गाराम पाध्याय

यसैबीच, हालसालैको बाढीबाट प्रभावित बनेका जिल्लाहरू रसुवा, नुवाकोट र धादिङको हकमा भने त्यहाँ खटाइएका निर्वाचन अधिकृत र स्थानीय पार्टी तहसँग समन्वय गरेर मात्र अधिवेशनका प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ।

जिल्ला र प्रदेश अधिवेशनको विस्तृत समयतालिका भने केन्द्रीय निर्वाचन समितिले पछि सार्वजनिक गर्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट