पुराना दलसँग ‘डिभोर्स’ गरेर श्रम संस्कृति पार्टीमा आउनुस्: नेता किराती
श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पुराना दलहरूसँग ‘डिभोर्स’ गरेर आफ्नो पार्टीमा समाहित हुन आह्वान गरेका छन्।
“केचनकवल–सगरमाथा हातेमालो” कार्यक्रम अन्तर्गत इलामको सन्दकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले एमाले इलामका नेता तथा कोशी प्रदेश कमिटी सदस्य उमेशजंग गुरुङ लगायतका नेता-कार्यकर्तालाई आफ्ना पार्टीमा प्रवेश गराएका छन्।
सभालाई सम्बोधन गर्दै नेता किरातीले भने, “इतिहासमा योगदान गरेबापत ती पुराना पार्टी र नेताहरूलाई धन्यवाद दिँदै अब विद्रोह गर्न ढिला नगर्नुहोस्। पुराना नेताहरूले आफ्नै सिद्धान्त र मूल्यमाथि धेरै नै हिंसा गरिसके। घाट नपुगिन्जेल कुर्सी नछाड्ने नेता र पार्टीसँग छिटोभन्दा छिटो डिभोर्स गरेर हाम्रो पार्टीमा आउनुहोस्।”
पुरानो साधन चढेर नयाँ गन्तव्यमा पुग्न नसकिने जिकिर गर्दै उनले अब सबै मिलेर श्रम संस्कृति पार्टीलाई देशको निर्विकल्प शक्ति बनाउनुपर्नेमा जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस