भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् - प्रधानमन्त्री शाह
संयुक्त राष्ट्रसंघको महासभाको सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्दै विश्व शान्ति र कल्याणको कामना गरेका छन् ।
सम्बोधनको बिट मार्दै प्रधानमन्त्री शाहले नेपालका धार्मिक तथा दार्शनिक धरोहरहरूलाई स्मरण गर्दै भने, “भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धन्यवाद, नमस्ते।”
नेपालको मौलिक पहिचान झल्काउने पशुपतिनाथको आशीर्वाद र शान्तका अग्रदूत गौतम बुद्धको अहिंसा तथा शान्तिको सन्देशलाई विश्व मञ्चमा प्रस्तुत गर्दै उहाँले आफ्नो ऐतिहासिक सम्बोधनको समापन गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस