एमाले नेता बास्कोटाद्वारा प्रधानमन्त्री बालेनको सम्बोधनको खुलेर प्रशंसा
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको महासभामा दिनुभएको सम्बोधनको खुलेर प्रशंसा गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता बास्कोटाले प्रधानमन्त्री शाहको सम्बोधन निकै दृढ, सार्थक र जोडदार रहेको बताउनुभएको छ। आफू राजनीतिक रूपमा अन्य दल वा समूहको पक्षमा नरहे पनि प्रधानमन्त्री शाहले नेपाल र नेपालीको वास्तविक भावनालाई विश्वमञ्चमा प्रस्तुत गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभएको छ।
नेता बास्कोटाले फेसबुकमा लेख्नुभएको छ, “बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लाग्यो। तर म रास्वपा हैन, उनले देशको भावना बोले–मैले खुसी मनले समर्थन गरे।”



तपाईको प्रतिक्रिया दिनुहोस