Techie IT
२०८३ असोज १८, आइतबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्ने


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमबार बिहान महाधिवेशन स्थल खुलामञ्चमै बस्ने भएको छ। पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गरिने विभिन्न प्रतिवेदनहरूमाथि छलफल गर्नका लागि यो बैठक आह्वान गरिएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार असोज १९ र २० गते हुने बन्दसत्रको कार्यक्रम अघि केन्द्रीय समितिको बैठक बस्न लागेको हो। महाधिवेशनको बन्दसत्रमा सभापति गगनकुमार थापाले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महामन्त्रीले विधान संशोधन प्रस्ताव र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट