नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा उम्मेदवारको पहिलो नामावली सार्वजनिक
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत हुन गइरहेको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले जारी महाधिवेशनको कार्यतालिका अनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारीहरूको सूची प्रकाशन गरेको हो।
समितिले जारी गरेको सूचना अनुसार पार्टीको सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। सभापतिमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, एक पदका लागि निर्धारण गरिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको भने एकल उम्मेदवारी परेको छ।
निर्वाचन समितिले प्रकाशित गरेको पहिलो नामावलीमा कुनै दाबी विरोध वा आपत्ति रहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ। दाबी विरोधको प्रक्रिया टुङ्गिएपछि समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस