Techie IT
२०८३ श्रावण ९, शनिबार

कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोल उम्मेदवार


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त नगरप्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।     
    
संसदीय समितिको आज बसेको बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिएका छन् । डङ्गोल कांग्रेसको कीर्तिपुर नगर कार्यसमिति सभापतिसमेत हुन् । उक्त पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।     
    
पार्टीको विधान अनुसार उपमहानगरपालिका र नगरपालिकाको नगरप्रमुख र उपप्रमुखको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई रहेको छ । समितिमा प्रदेश कार्यसमितिका पदाधिकारी, काठमाडौँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र काठमाडौँ जिल्ला सभापति सदस्य रहने विधानमा व्यवस्था छ ।     
    
कीर्तिपुर नगरपालिकामा २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

कीर्तिपुर नगरप्रमुखमा अन्य दलले यसअघि नै उम्मेदवार छनोट गरिसकेका छन् ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट