Techie IT
२०८३ असोज २१, बुधबार

कांग्रेस सभापतिबाट किशोरसिंह राठौरद्वारा उम्मेदवारी फिर्ता


नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन्।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेता राठौरले पार्टीको हित र नयाँ सहमतिका लागि भन्दै सभापति पदमा गगन थापालाई समर्थन गर्ने घोषणा गरेका हुन्। यसअघि मंगलबार मात्रै उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन्।

राठौरले उम्मेदवारी फिर्ता लिएसँगै अव कांग्रेस सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्गी मात्र चुनावी मैदानमा बाँकी रहेका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि (बिहीबार) मतदान हुँदैछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट