Techie IT
२०८३ असार ३०, मंगलबार

मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रित गर्ने प्रचण्डको प्रतिबद्धता


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गरेको बताएका छन् ।

तराई मधेस जागरण अभियानअन्तर्गत यहाँको खडक नगरपालिकामा आयोजित साक्षर नगरपालिका निर्माण अभियान कार्यक्रममा एवं पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भने, “सुशासन कायम गर्नुपर्‍यो, मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्‍यो, भनेर म लगायत पार्टीको सिङ्गो नेतृत्व टिम अहिले तराई मधेस अभियानमा आएको छ ।”

सङ्घीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता माओवादी भएकाले अब माओवादी र मधेसी जनताको एकता अपरिहार्य भइसकेको उनले जिकिर गरे ।

अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित नहुने हो भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत गराएका छन् ।

आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादीतिर उन्मुख रहेको उनको आरोप थियो । माओवादीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष दाहालले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने सहिदका सपना पुरा गर्ने जिम्मेवारी माओवादीले लिने प्रतिबद्धता जनाएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट