अखिल (क्रान्तिकारी) ले आरआर क्याम्पसको स्ववियु सभापतिका लागि संगम लामालाई मैदानमा उतार्ने
काठमाडौं, फागुन १८ – देशभरका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि तयारी तीव्र भएको छ । स्ववियु चुनाव यही चैत्र ५ गतेका लागि तोकिएको छ । विभिन्न विद्यार्थी संगठनहरूले आ-आफ्ना उम्मेदवार घोषणा गर्न थालेका छन् ।
यस्तो छ स्ववियु निर्वाचनको कार्यतालिका
यसैक्रममा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले आरआर क्याम्पसको स्ववियु सभापतिका लागि संगम लामालाई मैदानमा उतार्ने निर्णय गरेको छ ।
रामेछाप घर भएका संगम लामा आरआर क्याम्पसका नियमित विद्यार्थी हुन् । विद्यार्थी राजनीतिमा सक्रिय लामालाई क्याम्पसका विद्यार्थीहरू माझ निकै परिचित र लोकप्रिय मानिन्छ । संगठनले लामालाई उम्मेदवार बनाउने निर्णय गर्दै उनको नेतृत्वमा क्याम्पसका विद्यार्थीहरूका समस्या समाधान गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
स्ववियु चुनाव नजिकिएसँगै विभिन्न विद्यार्थी संगठनहरूबीच प्रतिस्पर्धा चर्किँदै गएको छ । अन्य प्रतिस्पर्धी उम्मेदवारहरूको घोषणा पनि क्रमशः हुँदै जाने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस